![]()
म्याग्दी । म्याग्दीमा पहिलोपटक मोबाइल एप प्रयोग गरी लिफ्ट प्रविधिको सिँचाइ सञ्चालन गरिएको छ । स्थानीय कृष्णबहादुर खत्रीले म्याग्दी नदीको किनारमा रहेको लिफ्ट प्रविधिको सिँचाइलाई एन्ड्रोइड मोबाइलको प्रयोग गरी नदी पारिबाट सिँचाइको कन्ट्रोल र मेकानिकल सर्किट चलाएर नदीबाट २५० मिटरमाथि ६३ एमएलको पाइपमार्फत पानी पुर्याएका हुन् ।
मोबाइलबाट इनारमा प्रयोग गरिएको मेसिनको मेनस्विच २५० मिटर वरपरबाट अन गरेको पाँच सेकेण्डमै २५० मिटरको दूरीमा रहेको खवराको लब्लीहिलमा पानी खसेको हो ।
धौलागिरि क्षेत्रमा नै पहिलोपटक म्याग्दीमा मोबाइल एप्सको माध्यमबाट सिँचाइ आयोजनाको पानी आपूर्ति बन्द र खुल्ला गर्ने प्रविधिको प्रयोग सफल भएको खत्रीले बताए ।
बेनी नगरपालिका–७ हुलाकचोकका खत्री इलेक्टोनिक्स सेन्टरका सञ्चालक समेत हुन् ।


