Breaking News.... EverestOnlineKhabar
June 24, 2026

रोहितको बिष्फोटक ब्याटिङपछि इपिएल क्रिकेटमा भैरहवाको लगातार दोस्रो जित

Loading

काठमाडौं । भैरहवा ग्लाडिएटर्सका रोहित पौडेलले बिष्फोट ब्याटिङ गरेपछि एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा भैरहवाले लगातार दोस्रो जित निकालेको छ । बिहिबार भएको पहिलो खेलमा ललितपुर प्याट्रिएट्सलाई ४ विकेटले पराजित गर्दै भैरहवाले लगातार दोस्रो जित निकालेको हो ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ललितपुरले दिएको १४२ रनको लक्ष्य भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । भैरहवाका लागि रोहितले आक्रामक ब्याटिङ गर्दै ११ बलमा ३१ रन जोडे । रोहितले पाँच चौका र १ छक्का प्रहार गर्दै आफनो टिमको जित सुनिश्चित गरेका थिए । भारतीय खेलाडी पुनित विष्टले ५० रन बनाए । ललितपुरका योगेश नगरले २ तथा सन्दिप लामिछाने र सुबोध भाटीले समान एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन बनाएको थियो । ललितपुरका लागि भारतीय खेलाडी योगेश नगरले ५४ रन बनाए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ४२ तथा जयकिशन कोल्सावालाले १४ रन बनाएका थिए । भैरहवाका दिपेश श्रेष्ठले ३ तथा आरिफ शेख र पुनित मिश्रले समान २ – २ विकेट लिए ।

जितसँगै भैरहवा लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed