Breaking News.... EverestOnlineKhabar
June 24, 2026

साफ यू–१५ महिला फुटबलः नेपालले भुटानसँग प्रतिष्पर्धा गर्दै

Loading

काठमाडौ,पौष ।
बंगलादेशमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले आज भुटानको सामना गर्दैछ । अघिल्ला दुई खेलमा पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा भुटानसँग खेल्न लागेको हो ।
नेपाल र भुटानबिचको खेल ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार २ः१५ मा सुरु हुनेछ । दुवै टोलि प्रतियोगिताबाट बाहिरीसकेको हुनाले आजको खेल दुवैको लागि प्रतिष्ठाको लडाईमात्र हुनेछ । तर, आज दुवै टोलि पहिलो जितको खोजीमा हुनेछ । च्याम्पियनसिपमा नेपाल र भुटान जितविहिन रहेको छ ।
च्याम्पियनसिपमा दुई खेल गुमाएको नेपाल पुछारमा रहेको छ । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल बंगलादेशसँग ६ – ० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल भारतसँग १० – ० ले पराजित भएको थियो ।
चार टोली सहभागी च्याम्पियनसिपमा भुटान तेस्रो स्थानमा छ । भुटान पहिलो खेलमा भारतसँग ३ – ० र दोस्रो खेलमा पनि बंगलादेशसँग ३ – ० ले नै पराजित भएको थियो । राउण्ड रोविन लिगको आधारमा जारि च्याम्पियनसिपमा बंगलादेश र भारत फाइनलमा पुगिसकेको छ । फाइनल खेल पुस ९ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed