Breaking News.... EverestOnlineKhabar
June 24, 2026

संयुक्त राष्ट्र संघकी विशेष दूत याङ्ही लीलाई म्यानमार प्रवेशमा रोक

Loading

एजेन्सी,पौष ।
म्यानमारले संयुक्त राष्ट्र संघका विशेष दूतलाई मुलुकभित्र प्रवेश गर्न रोक लगाएको छ । रखाइन प्रान्तमा रोहिंग्या मुसलमानमाथि भएको भनिएको अत्याचार र दमनको अनुसन्धान गर्न आगामी जनवरीमा म्यानमार जाने तयारीमा रहेकी राष्ट्र संघकी विशेष दूत याङ्ही ली लाई प्रवेश गर्न रोक लगाइएको हो ।
याङ्हीले म्यानमार सरकारले आफूलाई रखाइन प्रान्तमा जाने अनुमति नदिएको बताएकी छिन् । उनले म्यानमार सरकारले आफ्नो कार्यकालभर सहयोग नगर्नेसमेत जनाएको बताएकी छिन् ।
याङ्हीले यसअघि गत जुलाईमा म्यानमारको भ्रमण गरेकी थिइन् । म्यानमार सरकारले भने याङ्हीले आफ्नो भ्रमणका क्रममा पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाएको छ ।
गत अगष्टमा रखाइन प्रान्तको एक प्रहरी चौकीमाथि रोहिंग्या चरमपन्थीले हमला गरेपछि सेनाले कारबाही गर्दा हिंसा भड्किएको थियो । त्यसपछि साढे ६ लाख रोहिंग्या मुसलमान बंगलादेश पलायन भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed