Breaking News.... EverestOnlineKhabar
June 24, 2026

एकदुई दिनमा देशभर चिसो बढ्ने, तराईमा शीतलहर र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Loading

काठमाडौ,पौष ।
देशभर आंशिक बदलीको अवस्थासँगै कुहिरो र शीतलहर हट्दै गएको छ तर यो अवस्था एकदुई दिनमै परिवर्तन हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले आंशिक बदलीका कारण कुहिरो हट्दै गएको र तापक्रममा पनि केही सुधार भएको अवस्था छ ।
तर पश्चिमी वायुको प्रभावले एकदुई दिनपछि तराईमा शीतलहर तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाकी वरिष्ठ मौसमविद विभूति पोखरेलले जानकारी दिइन् ।
उनका अनुसार काठमाडौंमा केही दिन यता न्यूनतम तापक्रम बढिरहेको छ तर अधिकतम तापक्रम कम भएका कारण चिसो महसुस भएको हो । एकदुई दिनमा अधिकतम तापक्रम घट्न सक्ने मौसमविद पोखरेलले जनाइन् ।
बिहीबार अधिकतम तापक्रम १८ देखि २० डिगी सेल्सियसको हाराहारीमा रहने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed