Breaking News.... EverestOnlineKhabar
June 25, 2026

सलमान खानलाई धक्का : ‘टाइगर जिन्दा है’ मुम्बईमा रिलिज हुन नदिने चेतावनी

Loading

एजेन्सी । बलिउड सुपरस्टार सलमान खानको बहुप्रतिक्षित फिल्म ‘टाइगर जिन्दा है’ को रिलिजमा समस्या आएको छ । २२ डिसेम्बरमा रिलिज हुने मिति तोकिएको भएपनि महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) बिरोधमा उत्रिएपछि सलमान समस्यामा परेका हुन ।

एमएनएसले पत्रकार सम्मेलन गरेर मराठी फिल्म ‘देवा’ लाई प्राइम टाइममा ठाउँ नमिलेमा सलमान खानको फिल्म ’टाइगर जिन्दा है’ लाई मुम्बईका सिनेघरमा रिलिज हुन नदिने चेतावनी दिएको छ । यो समूहले ठुला बजेटका फिल्मले हजारौँ सिनेमाघर ओगटेपछि मराठी फिल्मलाई प्राइम टाइम नमिल्ने गरेको आरोप लगाएको छ ।

एसएनएस फिल्म डिभिजनका प्रमुख अमेय खोपकरले मराठी फिल्म ‘देवा’ लाई मौका दिन यशराज फिल्म्सलाई पत्र पठाइएको बताएका छन् । यदि मराठी फिल्म ’देवा’ लाई हलमा स्थान दिएमा सलमानको फिल्मको आफूहरुले विरोध नगर्ने स्पष्टोक्ति उनले दिएका छन् ।  देवाले प्राइम टाइममा अवसर नपाएमा यो फिल्मका निर्माता निर्देशकलाई महाराष्ट्रमा कहीँ पनि सुटिङ गर्न नदिने पनि उनीहरुले चेतावनी दिएका छन् ।

एमएनएस अध्यक्ष राज ठाकरेले पनि यशराज फिल्म्सलाई पत्र पठाएर यदि मराठी फिल्म ‘देवा’ लाई प्राइम टाइममा देखाइएन भने सलमान खानको रिलिज हुन लागेको फिल्म ‘टाइगर जिन्दा है’ लाई चल्न नदिने चेतावनी दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed