![]()
काठमाडौं । वामगठबन्धनले राष्ट्रिय सभा गठन नभए पनि प्रतिनिधि सभाको मतपरिणाम सार्वजनिक गर्न निर्वाचन आयोगलाई दबाब दिएको छ। संघीय संसदमा महिला प्रतिनिधित्वको विषय उठाउँदै आयोगले समानुपातिकतर्फको मतपरिणामअनुसार दलहरुलाई सिट बाँडफाँड गरेको छैन ।
आयोगलाई निर्वाचन परिणाम सार्वजनिक गर्न ‘म्यासेज’ पठाइएको एमाले स्रोतले जनाएको छ । गठबन्धनका नेताहरूको आयोग पदाधिकारीसँग भेटेको समेत बुझिएको छ ।
राष्ट्रिय सभा गठनको विषय सरकार गठनसँग सम्बन्धित नभएको धारणा गठबन्धनका नेताहरुले राख्दै आएका छन् । यसअघि बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए । भेटमा ओली र दाहालले मतपरिणाम आएसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन राष्ट्रपतिलाई आग्रह गरेका थिए ।
राष्ट्रपतिसँगको कुराकानीमा नेताहरुले राष्ट्रिय सभा अध्यादेश अगाडि नबढाउन समेत आग्रह गरेका थिए ।


