Breaking News.... EverestOnlineKhabar
June 25, 2026

इपिएल क्रिकेटमा भैरहवाले काठमाडौं किंग्स इलाभेनलाई हरायो

Loading

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडिएटर्सले काठमाडौं किंग्स इलाभेनलाई ७ विकेटले पराजित गरेको छ ।

टियु क्रिकेट मैदानमा भएको खेलमा भैरहवाले ११९ रनको लक्ष्य १६.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । भैरहवाको जितमा भारतीय खेलाडी पुनित विष्टले नटआउट ४२ रन बनाए । त्यस्तै, कप्तान शरद भेषवाकरले ३२ रनको योगदान दिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले खराब प्रदर्शन गर्दै २० ओभरमा ८ विकेटको क्षतिमा ११८ रन बनाएको थियो । काठमाडौंका लागि अमित श्रेष्ठले २९ र भारतीय खेलाडी सागर कुमारले २८ रन बनाएका थिए ।

बलिङतर्फ भैरहवाका दिपेश श्रेष्ठले ३ र कप्तान शरद भेषवाकरले २ विकेट लिए ।  प्रतियोगितअन्तर्गत बिहीबार ललितपुर प्याट्रिएट्सले भैरहवा र चितवन टाइगर्सले काठमाडौं किंग्ससँग खेल्दैछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed