Breaking News.... EverestOnlineKhabar
June 25, 2026

वीरगञ्जको ग्यास उद्योगमा आगलागी, दमकलसमेत जल्यो,दुई जनाको शव भेटियो

Loading

वीरगञ्ज,पौष ।
वीरगञ्ज महानगरपालिका– २४ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ । उद्योगमा बिहान सवा ६ बजेतिर आगलागी भएको हो । आगलागीमा परी २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्योगभित्र कति मानिस थिए भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।
आगो नियन्त्रणका लागि गएको वीरगञ्ज उपमहानगरपालिकाको एउटा दमकलसमेत जलेको छ । दमकल जल्दा कर्मचारी सविन नेपाल घाइते भएका छन् ।आगलागी फैलँदै गएपछि नियन्त्रण बाहिर छ । ग्यास सिलिण्डर पड्किरहेकाले अग्नी नियन्त्रणहरुसमेत नजिक जान सकेका छैनन् । उनीहरू आगो लागेको स्थानभन्दा २–३ सय मिटर परै छन् । ग्यास सिलिण्डर पड्किँदा २ वटा शव उछिट्टिएर बाहिर आएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीको टोली पुगेको छ ।आगलागीको कारण खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed