Breaking News.... EverestOnlineKhabar
June 25, 2026

नेकपा एमाले र माओवादी केन्द्र पद बाँडफाँटको गृहकार्यमा…..

Loading

काठमाडौ,पौष ।
नेकपा एमाले र माओवादीबीच पद बाँडफाँटमा कसरत गरिरहेका छन् । निर्वाचन लगत्तै पार्टी एकता गर्ने सहमतिसहित चुनावी तालमेल गरेका एमाले र माओवादीले नेतृत्व र अन्य पदीय बाँडफाँटको विषय कसरी टुंग्याउने भन्ने विषयमा छलफल अघि बढाएका छन् । दुई दलका अध्यक्षबीच यो विषयमा छलफल अघि बढे पनि पार्टी एकता संयोजन समिति तहमा औपचारिक रुपमा भने छलफल भएको छैन ।
शीर्ष तहमा पदीय जिम्मेवारी तथा संगठनात्मक स्वरुपबारे तीनवटा विकल्पसहित छलफल चलिरहेको छ । पहिलो विकल्पमा आलोपालो नेतृत्व गर्ने, दोस्रो विकल्पमा महाधिवेशनसम्म दुई अध्यक्ष सम्मिलित अध्यक्षमण्डल गठन गरेर जाने र तेस्रो विकल्पमा एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, दुई जना महासचिव र सातजना सचिव तय गरेर जाने गरी छलफल भइरहेको छ । स्रोतका अनुसार माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलाई वरिष्ठ नेता मान्ने, तीन उपाध्यक्षमा दुई एमाले र एक माओवादी केन्द्रबाट, दुई महासचिवमा दुबै पार्टीका एक–एक जना राख्ने, सात सचिवमा एमालेका तर्फबाट चार वा पाँच र माओवादीबाट दुई वा तीन जना राखेर प्रदेश हेर्ने गरी छलफल चलिरहेको छ ।
तर,भित्रभित्रै शीर्ष नेताहरुबीच छलफल चलिरहेपनि दुवै पार्टीका दोसा्रे र तस्रो तहका नेता मात्र नभई स्थानीय कार्यकर्ता पनि आफ्नो भविष्य बारे चिन्तित रहेका छन् । केहि केन्द्रिय नेताहरुले त शीर्ष नेताहरुको सहमति आफुहरु मान्न बाध्य नरहेको भन्दै सार्वजनिक रुपमै असन्तोषका आवाज उठाईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed