Breaking News.... EverestOnlineKhabar
June 24, 2026

क्षेप्यास्त्रबाट जोगिन जापानले प्रतिरक्षा प्रणाली जोडदै

Loading

बिबिसि । जापानले क्षेप्यास्त्र प्रतिरक्षासम्बन्धी प्रणाली आफ्नो भूमिमा जडान गर्ने भएको छ । जापानी भूमिमा जडान गर्न लागिएको यस प्रणालीले जापानमा हुनसक्ने व्यालेस्टिक एवम् अन्य खालका क्षेप्यास्त्रहरुको आक्रमणबाट जापानलाई जोगाउने छ ।

उक्त निर्णय जापानको मन्त्रिपरिषदले गरेको हो । यस्ता दुई वटा क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीसम्बन्धी यन्त्र जापानी भूमिमा जडान गर्न लागिएको बारेमा मन्त्रिपरिषदले मंगलबार निर्णय गरेको बिबिसिले उल्लेख गरेको छ ।

यो नयाँ निर्णयलाई उत्तर कोरियाले गर्ने गरेको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणसँग जोडेर हेरिएको छ । दुई महिनामात्र अघि पनि उत्तर कोरियाले जापानको समुद्रमा नै पर्नेगरी क्षेप्यास्त्र हानेको थियो ।

जापान सरकारको यो निर्णयका बारेमा उत्तर कोरिया या अरु कुनै पनि देशको थप प्रतिक्रिया भने आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed