Breaking News.... EverestOnlineKhabar
June 24, 2026

प्रदेश नम्बर–१ को राजधानी धनकुटा माग्दै काठमाडौंमा धर्ना

Loading

धनकुटा । प्रदेश नम्बर–१ को राजधानी धनकुटामा नै बनाउनुपर्ने माग गर्दै त्यहांका जनप्रतिनिधिहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् ।

धनकुटाबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र राई, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङलगायत प्रदेश सांसदहरुसमेतले धनकुटामा राजधानी बनाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

धर्नामा उद्योगमन्त्री सुनीलबहादुर थापा पनि सहभागी थिए । थापाले पर्याप्त भौतिक पूर्वाधार भएको र प्रदेशका सबै जिल्लासँग सडक सञ्जाल जोडिएकाले धनकुटामा नै प्रदेश–१ को राजधानी तोक्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed