Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

एजेन्सी । फेकन्यूज अर्थात् नक्कली समाचारहरुले समस्या सृजना गर्न थालेपछि गुगलले त्यसलाई रोक्न नयाँ जुक्ति निकालेको छ ।
फेसबुकले पहिले नै आफ्नो वेबसाइटमा फेकन्यूज रोक्नका लागि विभिन्न गम्भीर कदमहरु उठाइसकेको छ र अब गुगलले पनि यस विषयमा ध्यान केन्द्रीत गरेको छ ।

यसका लागि गुगलले केही मापदण्ड अपडेट गरेको छ । न्यूज पोर्टल गुगल न्यूजमा फेक न्यूज रोक्नका लागि योजना बनाइएको छ । यसको गाइडलाइन पेजमा एक नयाँ प्वाइन्ट जोडिएको छ, जसमा गुगलले न्यूज पोर्टलहरुलाई आफ्नो वास्तविक लोकेसन नलुकाउन आग्रह गरेको छ । यदि कुनै वेबसाइटले आफ्नो लोकेसन हटाएमा त्यसलाई गुगल न्यूजमा देखाइने छैन ।

यसअघि गुगलले आफ्नो सर्च इन्जिनमा फेकन्यूज रोक्नका लागि पहिलो टूल ल्याएको थियो । उक्त टूलमार्फत गुगल प्रयोगकर्ताले अटो कम्प्लिट फंक्सनको माध्यमबाट गलत तथ्यमा आधारित तथा घृणा फैलाउने खालका समाचार सामग्रीहरुको बारेमा गुगलमा उजुरी गर्न सक्दछन् । यसबाट गुगललाई गलत सूचना दिने सामाग्रीलाई रोक्ने तथा सही तथ्ययुक्त आलेखहरु पाठकसम्म पुर्याउनमा निकै सहयोग मिल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed