![]()
काठमाडौं । राष्ट्रियसभाको गठन र नयाँ सरकारको निर्माणका बिषयमा दलहरुबीच आरोप प्रत्यारोप चलिरहेकाबेला सरकारले पुनः आफनो ‘पोजिसन’ स्पष्ट गरेको छ । संचार मन्त्री एवम सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले सत्ता हस्तान्तरणका लागि बैधानिक बाटो चाहिएकाले राष्ट्रियसभा निर्वाचन सम्वन्धी अध्योदश जारी गर्न आग्रह गरे ।
मन्त्री बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता हस्तान्तरण गर्न आतुर रहेकाले केही दलका नेताहरुबाट आशंकित अभिव्यक्ति आउनु दुःखद भएको टिप्पणी गरे ।
मन्त्री बस्नेतले भने, ‘अहिलेसम्म समानुपातिकतर्फ कुन दलले कति सिट पायो भन्नेसम्म निर्वाचन आयोगले भन्न बाँकी छ, राष्ट्रियसभा कानुन नभई अघि बढ्दैन, यस्तोबेला सरकार कानुनी जटिलता निम्त्याएर सत्ता लम्ब्याउन चाहँदैन । संवैधानिक कानुनी विधिबाट सत्ता हस्तान्तरण गर्न खोजेको हो ।’


