Breaking News.... EverestOnlineKhabar
June 24, 2026

एउटै कम्युनिष्ट पार्टी बनाउने उद्देश्य पूरा हुन्छ, ओली र म प्रतिबद्ध छौं : प्रचण्ड

Loading

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुँदैन कि भन्ने बहस चलिरहेकाबेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटै कम्युनिष्ट पार्टी बनाउने उद्देश्यमा आफू प्रतिबद्ध रहेको बताउनु भएको छ ।

युवा संघ नेपालका पदाधिकारीहरुबाट लाम्जिम्पाटमा बधाई ज्ञापन ग्रहण गरेपछि धारणा राख्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी ओली र आफूले गरेको निर्णयलाई दुवै पार्टीका नेता तथा कार्यकर्ताले अनुमोदन गरिसकेकाले त्यसबाट फर्किने ठाउँ नभएको स्पष्ट पार्नुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘ नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने उद्देश्यले निर्वाचनमा वाम गठबन्धनको तर्फबाट एमाले र माओवादी केन्द्रले साझा उमेदवार र घोषणापत्र सार्वजनिक र्गयौं । हामी झन्डै दुई तिहाई बहुमतको नजिक छौं,“ प्रचण्डले भन्नुभयो, ‘केपी ओली र मेरो पहलमा भएको पार्टी एकता र चुनावी तालमेललाई दुवै पार्टीका नेता तथा कार्यकर्ता र राष्ट्रले पनि अनुमोदन गरिसक्यो । हामी यसलाई निष्कर्षमा र्पुयाएर औपचारिक रुप दिन मात्र बाँकी छ । हामी त्यसमा प्रतिबद्ध छौं ।“

आफूहरु जीवनको उत्तरार्धमा पुगिसकेकाले देशको जिम्मा युवाहरुलाई लगाएर जाने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed