Breaking News.... EverestOnlineKhabar
June 24, 2026

राजनीतिको गाँठो बल्झिरहेकाबेला ओली पार्टी निकटवर्तीसंग चिनियाँ नाका अवलोकन गर्न रसुवागढीमा

Loading

रसुवा । राष्ट्रियसभाको गठन, नयाँ सरकार निर्माण, राष्ट्रपति कार्यालयमा पेन्डिङमा रहेको अध्यादेश लगायतका विषयमा राजनीतिक असहमति बढ्दै गएकाबेला एमाले अध्यक्ष केपी ओली एकाएक रसुवा पुगेका छन ।

अध्यक्ष ओली महासचिव ईश्वर पोखरेल, सुवास नेम्वाङ, शंकर पोखरेल, विष्णु पौडेल लगायतका नेताहरुसंग चिनियाँ नाका रसुवागढी पुगेका हुन । राष्ट्रिय राजनीतिमा उत्तरी र दक्षिणी दुई छिमेकीको तानातान भैरहेकाबेला ओलीले चिनियाँ नाका अवलोकन गर्न जानुलाई सांकेतिक रुपमा अर्थ लगाउन समेत थालिएको छ ।

अध्यक्ष ओलीसहितका नेताहरु हेलिकोप्टरमा रसुवागढी पुगेका हुन् । नाका अवलोकन गर्न रसुवा पुगेका ओलीले टिमुरेका स्थानीयवासीलाई सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा देशमा तीब्र परिवर्तनको लहर चलेको बताउँदै ओलीले अब आर्थिक विकासले गति लिने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed