Breaking News.... EverestOnlineKhabar
June 24, 2026

इपिएल क्रिकेटमा पोखरा राइनोजद्वारा चितवन टाइगर्स १० विकेटले पराजित

Loading

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले चितवन टाइगर्सलाई १० विकेटले पराजित गरेको छ । कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा पोखराले शानदार जित हासिल गरेको हो ।

११४ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको पोखराले १७.४ ओभरमा बिना विकेट लक्ष्य पूरा गर्यो । पोखराका लागि ओपनिङमा आएका सुनिल धमला र इसरार उल्लाहले जित दिलाए । उल्लाहले ६१ र धमलाले ४६ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन टाइगर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ११३ रन बनाएको थियो । चितवन टाइगर्सका लागि कप्तान दिपेन्द्रसिंह ऐरी र ओपनर अनिलकुमार मण्डलले इनिङ्स सम्हालेका थिए । कप्तान दिपेन्द्रले ४१ रनको योगदान दिए । उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए । त्यस्तै, अनिलले ३२ रन बनाए पनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

पोखरा राइनोजका लागि इसरार उल्लाहले ४ विकेट लिए । त्यस्तै, ताज वलीले ३, कप्तान शक्ति गौचन र विक्रम सोवले समान १–१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed