Breaking News.... EverestOnlineKhabar
June 24, 2026

विश्वकै व्यस्त विमानस्थल ११ घन्टा अन्धकारमय भएपछि…..

Loading

एजेन्सी,पौष ।
विश्वको सबैभन्दा व्यस्त जर्जियाको राजधानी एट्लान्टाको अन्तर्राष्ट्रिय विमानस्थलमा ११ घन्टासम्म बत्ती नआएपछि यात्रुहरु अलपत्र परेका हुन् । क्रिस्मस नजिक आइरहेको हुँदा यति बेला यात्रुहरुको चाप बढेकाले विमानस्थलमा हिजोआज बस्ने ठाउँ समेत नभएको बताइएको छ ।
तर यसै समय बिजुली बक्समा आगो लागेपछि गएको बत्ती ११ घन्टासम्म नआएकाले विमानस्थल अन्धकारमय बन्न पुगेको हो । प्रशासनले थुप्रै प्रयास गरेपनि समस्याको समाधान नभएपछि यसले धेरै मानिसहरु लगायत विमानस्थलको कार्यसूचीलाई धेरै असर पारेको छ ।
मध्यरातमा विमानस्थल क्षेत्रभर बत्ती नभएपछि १२०० विमानका उडानहरु रद्द गरिएको डेली मेलले बताएको छ । बत्ती नभएकै कारणले सम्पूर्ण आगमन र प्रस्थान रोकिएपछि विमानस्थल अस्तव्यस्त बन्न पुगेको हो । यसका कारणले प्रशासनले धेरै घाटा व्यहोर्नुपरेको बताएको छ ।
एकातर्फ विमानस्थलका सबै काम ठप्प भएको थियो भने अर्कोतर्फ यात्रुहरुको कठिनाई पनि उत्तिकै बढ्दै गइरहेको थियो । आइतबार भएको यस घटनाले सोमबारका उडानमा समेत गम्भीर प्रभाव परेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed