![]()
बाँके,पौष ।
तराईमा आज पनि हुस्सु लागेको छ । पूर्वी र मध्य तराईको तुलनामा अहिले पश्चिम तराईमा बाक्लो हुस्सु लागेको मौसमविद्ले जनाएका छन् । पश्चिम तराईका जिल्लामा अझै चिसो बढ्ने सम्भावना रहेपनि पूर्वी र मध्य तराईमा दिउँसोपख घाम लाग्ने सम्भावना रहेको मौसमविद्को भनाई छ । पश्चिम क्षेत्रमा अझै केही दिन हुस्सु लाग्नेछ ।
घाम लाग्ने सम्भावना कम भएकाले न्यानोका लागि आगो ताप्न र बाक्ला कपडा लगाउन मौसमविदको आग्रह छ ।काठमाडौं र आसपासका जिल्ल्मा पनि सोमबार विहान हुस्सु लागेको थियो । तर विस्तारै हुस्सु हट्दै घाम लाग्ने मौसमविद जानकारी दिए ।


