Breaking News.... EverestOnlineKhabar
June 25, 2026

सरकारमा नजाँदै बामगठबन्धनले सर्वसत्तावाद लाद्न खोज्यो : रामचन्द्र पौडेल

Loading

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नजाँदै बामगठबन्धनले सर्वसत्तावाद लाद्न खोजेकोमा आपत्ती जनाउनु भएको छ । आफ्ना मतदातालाई धन्यवाद दिन आइतबार गृहजिल्ला तनहुँ पुगेका नेता पौडेलले सरकारले नियुक्त गरेको प्रदेशसभा प्रमुखसँग वाम गठबन्धनका नेताले शपथ लिन्न भन्नु सर्वसत्तावाद र अधिनायकवादको संकेत भएको बताउनुभयो ।

नेता पौडेलले भन्नुभयो, ‘दुई महिनाअघि सरकारले पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राखेका छन, यो आपत्तीको बिषय हो । अध्यादेश राष्ट्रपतिले रोकेर राख्नु राम्रो होइन ।’ राष्ट्रियसभा गठन नभई प्रतिनिधिसभा र प्रधानमन्त्री चयनको प्रक्रिया शुरु नहुने पौडेलको भनाइ थियो ।

वरिष्ठ नेता पौडेलले आँबुखैरेनीको वरादी र विमलनगरका मतदातालाई भेटेर धन्यवाद दिँदै चुनावमा पराजय भोगे पनि आफू जिल्लाको विकास र समृद्धिका लागि लागिरहने प्रतिबद्धता जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed