![]()
काठमाडौ,पौष ।
नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले चुनावको वेला जारी गरिएको घोषणपत्रमा उल्लेख गरेका नीति कार्यक्रम तथा प्रतिवद्धतालाई कार्यान्वयन गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । काठमाडौं क्षेत्र नम्बर ५ संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन कमिटीले शनिबार गरेको चियापान समारोहलाई सम्बोधन गर्दे नेता खनालले गठबन्धनले गरेको प्रतिवद्धता कार्यान्वयन गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभएको हो ।
नयाँ जनादेशसँगै अब मुलुकमा क्रान्ति, आन्दोलन, संघर्ष तथा जनयुद्ध र सशस्त्र युद्धको युग समाप्त भएको भन्दै नेता खनालले अब मुलुक लोकतान्त्रिक बाटोमा अघि बढ्दै सम्वृद्ध राष्ट्र बन्ने धारणा राख्नुभयो ।मुलुकभरबाट वामगठबन्धनले प्राप्त गरेको विजय कम्युनिष्ठ आन्दोलनको विजय भएको भन्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता खनालले राष्ट्रियता सुदृढ, सर्वाभौम सत्ता र राष्ट्रिय अखण्डतालाई सुदृढ गर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
गठबन्धनमाथि लाग्ने गरेका आरोपको गतिलो जवाफ दिने ढंगले लोकतन्त्र सुदृढ गर्न दृढतापूर्वक लाग्ने विश्वास पनि खनालले व्यक्त गरे।


