Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन परिणामबाट कसैले घमण्ड गर्न नहुने बताएका छन । नेकपा एमालेका नेताहरुले अब पार्टी, सरकार र संसदीय दलको नेतृत्व एमालेले नै गर्ने अभिव्यक्ति दिइरहेकाबेला अध्यक्ष दाहालले माओवादी र एमालेको फ्यूजनबाट सफलताको परिणाम सम्भव भएकाले घमण्ड नगर्न चेतावनी दिएका हुन ।

काठमाडौं क्षेत्र नम्बर ५ ले विजयी वाम उमेदवारहरूको सम्मानमा गरेको चियापान कार्यक्रममा उनले एमाले माओवादी एकीककरणको दिशामा अघि बढेको धारणा राखे । एमाले र माओवादी केन्द्रबीच छिट्टै पार्टी एकता गर्ने तयारी भइरहेको उनले बताए ।

२०१९ सालदेखि विभाजित कम्युनिस्ट आन्दोलन एकीकरणको दिशामा अघि बढेको र करिब दुई तिहाइ जनताले त्यसलाई अनुमोदन गरेको उनको जिकिर थियो ।

उनले इतिहासमा पहिलोपटक मुलुक समृद्ध बनाउने कार्यभार कम्युनिस्टको हातमा आएको बताउँदै अवसर खेर जान नदिने वचनवद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed