Breaking News.... EverestOnlineKhabar
April 23, 2026

हमासले बनाएको सुरुङमार्ग इजरायली सेनाद्वारा ध्वस्त

Loading

एजेन्सी,मंसिर ।
इजरायली रक्षा बल (आइडिएफ)ले हमास समूहद्वारा मध्य गाजा क्षेत्रबाट इजरायल पुग्नेगरी निर्माण गरिएको सुरुङमार्गलाई ध्वस्त गरेको आइतबार जनाएको छ ।‘निकै लामो रहेको सुरुङको पत्ता लगाउन र ध्वस्त गर्न आइडिएफले विकास गरेको अत्याधुनिक पद्धतिको प्रयोग गरिएको थियो,’ आइडिएफका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल जोनाथन कनरिकसले बताए ।
सेनाले उक्त घटनामा हमास जिम्मेवार रहेको थाहा भएपनि यसलाई‘सेनाले विशेष चर्चा गर्न नचाहेको’ बताएको छ । दक्षिण इजरायलको सीमानासँग नजिक रहेको गाजा क्षेत्रमा हमास लडाकू समूहको नियन्त्रण रहेको छ । हमासले इजरायलको अस्थित्वलाई नै स्वीकार गर्दैन । हमास र इजरायल पटक पटक युद्ध लडेका थिए र पछिल्लो युद्ध सन् २०१४ मा भएको थियो ।
सन् २०१४ मा एक सुरुङको पत्ता लागेपछि सुरु भएको युद्धपछि इजरायलले यस्ता सुरुङको पत्ता लगाउने नयाँ अत्याधुनिक प्रविधिको विकास सुरु गरेको दावी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed