Breaking News.... EverestOnlineKhabar
October 6, 2026

पार्टी डुबाएपनि आफु सफल बनेका सभापति देउवाको डबल ह्याट्रिक…..

Loading

डडेल्धुरा,मंसिर ।
प्रतिनिधिसभा र प्रदेशसभाको लागि मंसिर २१ गते भएको मतदानको मतपरिणाम डडेल्धुरामा घोषणा सम्पन्न भएको छ । कुल ८१ हजार ७ सय ३२ मतदातामा ५४ हजार ९७ अथवा लगभग ६६ प्रतिशत मतदान भएको डडेल्धुरामा प्रतिनिधिसभा सदश्य निर्वाचनका लागि नेपाली काँग्रेसका उम्मेदवार प्रधानमन्त्री शेर बहादुर देउवाले २८ हजार ४४ मत प्राप्त गरि विजयी भएका छन् ।
उनी २०४८ देखि २०७४ सम्मका संसदिय निर्वाचनमा निरन्तर विजयी हुदै छैटौं पटक पनि फराकिलो मतान्तरले विजयी भएका छन् । देउवाका प्रतिस्पर्धी बाम गठबन्धनका साझा उम्मेदवार तथा नेकपा माओबादी केन्द्रका नेता खगराज भट्टले २१ हजार १ सय १५ मत प्राप्त गरेका छन् ।
यसैगरी डडेल्धुराको प्रदेश सभा सदस्य क्षेत्र नं. १ मा बाम गठबन्धनका साझा उम्मेदवार तथा नेकपा एमालेका पठान सिंह बोहराले १३ हजार ५ सय ५३ मतप्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रघुवर भट्टले ११ हजार ३९४ मत प्राप्त गरेका छन् ।
यस्तै प्रदेश सभा सदस्य क्षेत्र नं २ मा नेपाली काँग्रेसका जिल्ला सभापति तथा उम्मेदवार कर्ण बहादुर मल्ल ले १३ हजार ४ सय १७ मत प्राप्त गरि ३५६ को साँघुरो मतले विजयी भएका छन् भने उनका प्रतिस्पर्धी बाम गठबन्धनका साझा उम्मेदवार तथा नेकपा एमालेका जिल्ला अध्यक्ष डा. ताराप्रसाद जोशीले १३ हजार ५७ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed