Breaking News.... EverestOnlineKhabar
April 23, 2026

Loading

काठमाडौ,मंसिर ।
नेपाली कांग्रेसले राजनीतिक इतिहासमा कहिल्यै नदेखेको पराजयको सामना गरेको छ । नेपाली कांग्रेस पराजित हुँदा पनि दोस्रो दलको रुपमा सम्म पुगेर रोकिन्थ्यो भने २०७४ साल मंसिर १० गते र २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा तेस्रो दलको रुपमा समेटिदै छ । नेपाली कांग्रेसका हस्तीहरू सबैजसो पराजित भएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पनि हारको संघारमा पुगेका छन् । २०४८ साल देखि निर्वाचनमा पछि नपरेका पौडेल योपल्ट पराजयको नमिठो स्वाद चाख्न विवश हुनुपर्ने अवस्थामा पुगेका छन् । त्यस्तै नेपाली कांग्रेसका मधेसका ठूला हेभिवेट बिमलेन्द्र निधिलाई राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले धुलो चटाइदिएका छन् । सुर्खेतमा पूर्वमहामन्त्री पूर्णबहादुर खड्का पनि पराजित भएका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि राप्रपा र वामपन्थी गठबन्धनका उमेदवार राजेन्द्र लिङ्देनसँग पराजित भएका छन् । त्यस्तै अन्तिम समयमा नेपाली कांग्रेससँग पार्टी मिलाएका विजयकुमार गच्छेदार पनि हारको संघारमा रहेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूमा एनपी सावद, फरमुल्लाह मन्सुर, प्रधानमन्त्री पत्नी आरजु राणा समेत हार नजिक छन् । कांग्रेसका पराजित हस्तीहरूमा मोरङ ६ बाट एमालेका लालबाबु पण्डितसँग पराजित शेखर कोइराला छन् ।यस्तै, रामशरण महत तथा अर्जुन नरसिंह केसी, महेश आचार्य, सिन्धुपाल्चोकमा हारेका मोहन बस्नेत, काठमाडौं ९ बाट पराजित नविन्द्रराज जोशी तथा सोलुखुम्बबाट पराजित बलबहादुर केसीले पनि पराजय भोगको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed