Breaking News.... EverestOnlineKhabar
April 23, 2026

प्रधानमन्त्री भएपछि यस्तो अहंकार नदेखाउन केपी ओलीलाई गगन थापाको चेतावनी

Loading

काठमाडौ,मंसिर ।
नेपाली कांग्रेसका नेता गगन थापाले काठमाडौंमा आफुलाई लक्षित बम विस्फोटप्रति सार्वजनिक रुपमा दिएको अभिव्यक्तिप्रति खेद व्यक्त गरेका छन् । केपी शर्मा ओलीले काठमाडौंमा आफुलाई लक्षित गरेर विस्फोट भएको घटनालाई सामान्य रुपमा लिएर चुनावी विषय बनाएको भन्दै यस्तो अहंकार अब प्रधानमन्त्री हुँदा नदेखाउन चेतावनी दिएका छन् ।
उनले भनेः‘मैले मेरा मतदाताप्रति गरेको संकल्प प्रत्येक पल सम्झन्छु, संसद्मा आफुले गर्नुपर्ने काम यहि संकल्पका साथ गर्नेछु ।’
थापाले ओलीलाई चेतावनी दिँदै भनेः‘एमाले अध्यक्ष तथा जो अब प्रधानमन्त्री बन्दै हुनुहुन्छ, उहाँले काठमाडौंमा भएको बम विस्फोटलाई अत्यन्त हल्का ढंगले लिनुभयो । हल्कामात्रै होइन, निकै तल गिरेर टिप्पणी गर्नुभयो । साथीहरु अहिले पनि अस्पतालमा छन् । उहाँले प्रायोजित भनेर भन्नुभयो । उहाँले निर्वाचनको प्रयोजनलाई मात्रै हेरेर मेरो क्षेत्रमा आएर त्यसो भन्नुभयो । यो उहाँको अहंकार हो । प्रधानमन्त्रीको रुपमा यो अहंकार नरहोस् ।’
उनले कांग्रेसमा संकट आएको भन्दै अहिले नै हल्का ढंगले टिप्पणी गर्न नहुने धारणा राखे । उनले अगाडी भनेः‘अब कांग्रेस तलदेखि माथिसम्म सुधार नगर्ने हो भने यो भन्दा ठुलो संकट आउन सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed