Breaking News.... EverestOnlineKhabar
April 23, 2026

Loading

लमजुङ,मंसिर ।
बेंसीसहरमा बिहीबार साँझ माइक्रोबसले नियन्त्रण गुमाएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा क्वहोँलासोँथर–४, भुजुङकी श्रीकुमारी गुरुङ छन् । दुर्घटनामा परी गम्भीर घाइते भएकी गुरुङलाई उपचारका लागि पोखरा लैजादैं गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । बेंसीसहरको मुख्य सडक पुरानोबैंक चोकमा काठमाडौंबाट यात्रु बोकेर आउँदै गरेको बस ग १ ख २४७६ दुर्घटना भएको हो ।
प्रहरीका अनुसार साँझ ६ बजेतिर दुर्घटना हुँदा चितवन भरतपुर महानगरपालिका १७ की ममता गुरुङ गम्भीर घाइते भएकी छन् । उनको लमजुङमा उपचार हुन नसकी पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि लगिएको छ । बेसीसहर ७ की २० वर्षीया दिक्षा घले, चितवनकी ३१ वर्षीया अञ्जली घले र चितवनकै १९ वर्षीय रोशन घलेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट माइक्रो तीव्र रुपमा गुडेको र नियन्त्रण गुमाएपछि दुर्घटना भएको अनुमान गरिएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed