Breaking News.... EverestOnlineKhabar
April 22, 2026

गगन थापाद्वारा काठमाडौंको मैतिदेवीस्थित केन्द्रबाट मतदान

Loading

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले मैतिदेवीस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

नेता थापाले बिहान ८ बजे सो केन्द्रबाट मतदान गर्नुभएको हो । मतदानपछि संचारकर्मीसंग कुरा गर्दै नेता थापाले मतदानबाट आफू उत्साहित भएको प्रतिक्रिया दिनुभयो ।

पूर्वमन्त्री समेत रहनु भएका नेता थापाले अव अलमल नगरी १५ वर्ष भित्र मुलुकलाई समुन्नत बनाउने संकल्पको रुपमा आफूले मतदानलाई लिएको धारणा राख्नुभयो ।

कांग्रेस नेता थापा बाम गठबन्धनका उम्मेदवार एमाले नेता डा. राजन भट्टराईसँग प्रतिष्पर्धा गर्दै हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed