Breaking News.... EverestOnlineKhabar
April 21, 2026

मतदानमा सहभागी हुन आममतदातालाई प्रधानमन्त्रीको आह्वान

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर २१ गते हुन गैरहेको प्रदेश तथा प्रनिनिधि शभा निर्वाचनमा सहभागी हुन आममतदातालाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री देउवाले विज्ञप्ति जारी गर्दै सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आह्वान गर्नुभएको हो ।

बिज्ञप्तीमा भनिएको छ, ‘लोकतन्त्रको सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न नेपाली नागरिक र मतदातालाई आह्वान गर्दछु । ’

प्रधानमन्त्रीले स्थानीय, प्रादेशिक र संघीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकमा राजनीतिक संक्रमण अन्त्य भएर संविधान कार्यान्वयनले गति लिने र निर्वाचनपछि मुलुक राजनीति स्थायित्व र आर्थिक समृद्धिको युगमा प्रवेश गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालको संविधानअनुसार मंसिर २१ गते ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । यसअघि मंसिर १० गते उच्च पहाडी र हिमाली ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed