Breaking News.... EverestOnlineKhabar
April 22, 2026

Loading

नेपाल प्रहरीले हालै भएका बिष्फोटका घटनामा नेत्रबिक्रम चन्द नेतृत्वको हात रहेको निष्कर्ष निकालेको छ । प्रहरी प्रधान कार्यालयले पत्रकार सम्मेलन गरी बिष्फोटमा घटनामा चन्द नेतृत्वको माओवादीको हात रहेको निष्कर्षसहित चन्दको समेत खोजि भैरहेको जनाएको छ ।
पत्रकार सम्मेलनमा प्रवक्ता मनोज न्यौपानेले माओवादीका ६ सय भन्दा बढी कार्यकर्तालाई पक्राउ गरिएको पनि जानकारी दिनुभयो । उहाँले सुरक्षाको सबै बन्दोबस्त मिलाइएकाले बिहीबारको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभयो ।

निर्वाचनका लागि ४५ वटै जिल्लामा सुरक्षाको सबै प्रबन्ध मिलाएको उहाँले बताउनुभयो । एक मतदानस्थलमा ५६ जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी उहाँले दिनुभयो । थप सुरक्षाकर्मी र हवाई सुरक्षा गस्तीको समेत व्यवस्था मिलाइएको न्यौपानेले बताउनुभयो ।
चुनावमा कहीँ केही भएमा पाँच मिनेटमा सुरक्षाकर्मी पुग्ने व्यवस्था मिलाइएको समेत प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed