Breaking News.... EverestOnlineKhabar
April 22, 2026

हुथी विद्रोहीबाट आफूलाई मुक्त गर्न यमनलाई साउदी अरबको सुझाव

Loading

बिबिसि । साउदी अरबले इरानको सहयोग प्राप्त गरी आतङ्क मच्चाइरहेका हुथी विद्रोही लडाकूहरुबाट आफूलाई मुक्त गर्न यमनलाई आग्रह गरेको छ ।

यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहको हत्या हुथी विद्रोहीले गरेपछि पहिलोपटक साउदी अरेबियाले हुथीका विरुद्धमा यो अभिव्यक्ति दिएको हो । तर सालेहको हत्याको बारेमा भने साउदीले कुनै धारणा सार्वजनिक गरेको छैन ।

साउदी अरेबियाको मन्त्रिपरिषदले विज्ञप्ति जारी गरी इरानको सहयोग प्राप्त गरेर हुथीहरुले यमनमा विखण्डनकारी राजनीति गरेकोले उनीहरुबाट यमनलाई मुक्त गर्नुपर्ने बताएको हो ।

यसै हप्तामात्र यमनका पूर्व राष्ट्रपति सालेहको हत्या भएको छ । उनले यमनमा करिब ३३ बर्ष शासन चलाएका थिए । सालेहले सन् २०१४ पछि यमनी सिया हुथी विद्रोहीकै सहयोग लिएका थिए । सालेह सोमबार खावलान जिल्लाबाट साउदी अरब नेतृत्वको गठबन्धनको नियन्त्रणमा रहेको यमनको मारिव प्रान्ततर्फ भाग्ने क्रममा मारिएको बताइएको छ ।

पूर्व राष्ट्रपति सालेहले केही दिनमात्र अघि इरानको समर्थनमा रहेका हुथी विद्रोहीसँगको गठबन्धन अन्त्य भएको घोषणा गरेका थिए । तर उनले तिनै विद्रोहीको सहयोगमा यमनको राजधानी सानामा तीन वर्ष जति शासन सम्हालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed