Breaking News.... EverestOnlineKhabar
April 22, 2026

Loading

काठमाडौं । रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन विथोल्न खोजे सिधै गोली प्रहार गरिने चेतावनी दिनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै रक्षामन्त्री प्रधानले निर्वाचन बिथोल्न खोज्नेमाथि गोली हान्ने अधिकार नेपाली सेनालाई दिइएको जानकारी दिनुभयो ।

मन्त्री प्रधानले भन्नुभयो, ‘निर्वाचन विथोल्न खोज्ने उच्छृंखल तत्वहरुलाई निस्तेज पार्नको लागि नेपाली सेनालाई हामीले आवश्यक निर्देशन दिएका छौं, सेनालाई गोली हान्नेसम्मको अधिकार दिइएको छ ।’

निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदाताहरुको भरपर्दो सुरक्षा प्रबन्ध गरेकोले ढुक्क भएर मतदान गर्न उहाँले आग्रह गर्नुभयो । अहिलेसम्म निर्वाचन विरोधी गतिविधि गर्ने ६ सय भन्दा बढिलाई पक्राउ गरिएको र मुद्दा चलाइएको उहाँले बताउनुभयो ।

निर्वाचनमा ३८ हजार नेपाली सेना परिचालन हुने समेत मन्त्री प्रधानले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed