![]()
काठमाडौं । सर्वोच्च अदालतले उम्मेदवारी खारेजीमा परेका सर्लाही ४ बाट माओवादी केन्द्रका उम्मेदवार शिवपूजन रायका सम्बन्धमा थप छलफल गर्नुपर्ने भन्दै बुधवारका लागि बोलाएको छ ।
कूटनीतिक राहदानी दुरुपयोगको आरोपमा उमेदवारी खारेज भएपछि राय निर्वाचन आयोगबिरुद्ध सर्वोच्चमा पुगेका थिए । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले अन्तरिम आदेशका लागि थप छलफल गर्नुपर्ने ठहर गर्दै बुधवारका लागि बोलाएको हो ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रबाट उठेका यादवको उम्मेदवारी आयोगले मंसिर ११ गते खारेज गरेको थियो । त्यसलाई रोक्न अन्तरिम आदेश माग गर्दै यादव सर्वोच्च अदालत पुगेका थिए । यादव पहिलो संविधानसभाका सदस्य थिए ।


