Breaking News.... EverestOnlineKhabar
April 22, 2026

पूर्व प्रधानमन्त्री खनालले भने, निकम्मा सरकारका प्रधानमन्त्रीले अब कुर्सीमा बस्न सुहाउँदैन

Loading

नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले निर्वाचन विरोधीले बम पड्काइरहे पनि सरकारले कारबाही गर्न नसकेको भन्दै आक्रोश पोखेका छन् । खनालले बम पड्काउनेलाई पहिचान गरेर कारबाही गर्न नसक्ने नेपाली कांग्रेसको सरकार निकम्मा भएको बताए ।

इलामको फिक्कल बजारमा सोमबार आयोजित अन्तिम चुनावी सभालाई संम्बोधन गर्दै खनालले भने, ‘बम पड्काउनेहरुलाई कारबाही गर्न पनि नसक्ने निकम्बा सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा कुर्सीमा बस्न सुहाउँदैन ।’

खनालले भने, ‘बम पड्काएर तर्साउन खोजिएको होला, यस्ता घटनाले मेरो रौं समेत हल्लिदैँन ।’ दुलामा बसेर बम पड्काउँदैमा क्रान्ति नहुने भन्दै उनले दुलाभित्र बसेर यस्तो हर्कत नर्गन पनि आग्रह गरे ।

खनालले कांग्रेस लामो समयसम्म सत्तामा बसेको तर, मुलुकको विकासका लागि खासै काम गर्न नसकेको बताए । उनले अब बाम गठबन्धनको सरकारले मुलुकलाई समृद्ध बनाउने समेत बताए । उक्त आम सभामा नेपाली कांग्रेस परित्याग गरि सयौं कर्याकर्ता एमालेमा प्रवेश गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed