Breaking News.... EverestOnlineKhabar
April 22, 2026

सामसङले ल्यायो ९० तथा २००० को दशक याद गराउने फोन

Loading

एजेन्सी । फोन उत्पादक कम्पनी सामसङले ९० तथा २००० को दशकको याद दिलाउने फोल्डेबल (फ्लिप) फोन सार्वजनिक गरेको छ । खासगरी सन् २००० को सुरुवातसम्म त्यस्ता डिजाइनमा फोनहरु बजारमा आउने गर्दथे ।

‘डब्लु २०१८’ मोडलको सो फोन कम्पनीले चिनिया बजारमा सार्वजनिक गरेको हो । फोन बजारमा भने उपलब्ध भइसकेको छैन् । सार्वजनिक गरिएको फोनको भित्री र बाहिरी दुबै तिर गरी दुई वटा ४.२ इन्चको सुपर एमोलेड टच् स्क्रिन डिस्प्ले छ । यसमा ६ जीबीको र्यामका साथै ६४ वा २५६ जीबी इन्टरनल स्टारेज भेयिन्टमा उपलब्ध छ ।

यसका साथै स्नापड्रागन ८३५, फिंग्ररप्रिन्ट सेन्सर, बिक्सबी तथा एन्ड्रोइड् नोगट ७.१ को अपेरेटिङ सिस्टममा यो फोन उपलब्ध छ ।
फोनको पछाडिको भागमा १२ मेगापिक्सेलको तथा सेल्फीका लागि ५ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।

२ हजार ३ सय एमएएच पावर क्षमताको ब्याट्री समावेश गरिएको यो फोनको मूल्य भने कम्पनीले खुलाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed