Breaking News.... EverestOnlineKhabar
April 22, 2026

Loading

एजेन्सी । नेपाली चलचित्रका नायक राजबल्लभ कोइराला वैवाहिक सम्बन्धमा बाँधिएका छन् । एक दशकदेखि अमेरिका बस्दै आएका कोइरालाले प्रतिमा विमलीसँग विवाह गरेका हुन् ।

प्रतिमा पनि केही समयदेखि अमेरिका बस्दै आइरहेकी छन् । केही महिनाअघि इन्गेजमेन्ट गरेका कोइराला र प्रितमले हिन्दू धार्मिक परम्पराअनुसार अमेरिकाको डिसी महानगर क्षेत्रको ‘स्प्रिंग्स फिल्ड’मा विवाह गरेका हुन् ।

चलचित्र ‘पर्खिबसें’बाट फिल्मी यात्रा सुरु गरेका कोइरालाले धेरै नेपाली फिल्ममा अभिनय गरिसकेका छन् । उनले हलिउड फिल्म ‘हाइवे टु धम्पुस’मा पनि अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed