Breaking News.... EverestOnlineKhabar
April 22, 2026

‘खतरनाक परिणाम’ भोग्नुपर्ने भन्दै अमेरिकालाई जोर्डनको चेतावनी

Loading

बिबिसि । जोर्डनका विदेशमन्त्रीले अमेरिकाले जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिए त्यसको ‘खतरनाक परिणाम’ भोग्नुपर्ने चेतावनी दिएका छन् । बिदेशमन्त्री अयमान सफादीले त्यस्तो घोषणाले अरब र मुस्लिम जगतमा ठूलो आक्रोश निम्त्याउन सक्ने भन्दै सचेत हुन अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनलाई आग्रह गरेका छन ।

चुनावी अभियानका क्रममा गरेको प्रतिबद्धता कार्यान्वयन गर्ने क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पले त्यस्तो घोषणा गर्न सक्ने अड्कलबाजी बढ्दै गएको छ । ट्रम्पका ज्वाइँ जारेड कुश्नरले अहिलेसम्म त्यस्तो निर्णय भइनसकेको बताएका छन् ।

जोखिमट्वीट गर्दै विदेशमन्त्री सफादीले भनेका छन, “इजरेलको राजधानीका रुपमा जेरुसलेमलाई मान्यता दिँदा त्यसले निम्त्याउने खतरनाक परिणामबारे अमेरिकी विदेशमन्त्री टिलर्सनसँग कुराकानी गरेँ । त्यस्तो निर्णयले अरब र मुस्लिम जगतमा आक्रोश निम्त्याउनेछ, तनाव बढाउने र शान्ति प्रयासलाई जोखिममा र्पुयाउनेछ ।“

त्यसबारे अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक रुपमा कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले त्यस्तो घोषणा नगर्नका निम्ति ट्रम्पलाई फकाउन अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास गरिरहेका छन् । अब्बासको कार्यालयका अनुसार आइतवार उनले फ्रान्सका राष्ट्रपति एमानुएल माक्रों र टर्कीका राष्ट्रपति रेजेप ताय्यीप एर्दोआनसहितका विश्व नेताहरुलाई टेलिफोन गरेका थिए ।

अब्बासका सल्लाहकार माज्दी अल खालिदीले समाचार संस्था एएफपीलाई भने, “अमेरिकी दूतावास जेरुसलेममा सार्ने अथवा जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिने कुनै पनि निर्णयले निम्त्याउने खतराबारे उहाँले जानकारी गराउने प्रयास गर्नुभयो । “
प्यालेस्टिनी नेताहरुले यसअघि नै त्यस्तो कदमले ‘दुई राज्य’ सम्बन्धी समाधानमा खतरा निम्त्याउन सक्ने बताइसकेका छन् ।
इजरेलले सन् १९६७ मा भएको मध्यपूर्व युद्धपछि पूर्वी जेरुसलेममाथि कब्जा गरिआएको छ । सन् १९८० मा इजरेलले उक्त क्षेत्रमाथि अतिक्रमण र्गयो र त्यसलाई उसले आफ्नो विशेष भूभागको रुपमा हेर्ने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed