Breaking News.... EverestOnlineKhabar
April 22, 2026

ला लिगामा भ्यालेन्सियाको पहिलो हार

Loading

एजेन्सी,मंसिर ।
स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको भ्यालेन्सिया पराजित भएको छ । आइतबार राति भएको खेलमा भ्यालेन्सिया १० खेलाडीमा सिमित गेटाफेसँग १ – ० ले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा गेटाफेले पहिलो हाफमै १० खेलाडीमा सिमित भएपनि भ्यालेन्सियाले जित निकाल्न सकेनन ।
पहिलो हाफको २५ औं मिनेटमा मौरो अराम्बरीले दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि गेटाफे १० खेलाडीमा सिमित बनेको थियो । तर, दोस्रो हाफमा घरेलु टोलीले एक गोल गर्दै भ्यालेन्सियालाई स्तब्ध बनायो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मर्केल बेर्गाराले निर्णायक गोल गरे । खेलको ६६ औं मिनेटमा मर्केलले गरेको गोल नै गेटाफेको जितमा प्रयाप्त बन्यो ।
यो हारसँगै भ्यालेन्सियाले लिग लिडर बार्सिलोनासँग अंक दुरी घटाउने मौका समेत गुमायो । पराजित भ्यालेन्सिया ३१ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । शिर्ष स्थानको बार्सिलोनाको ३६ अंक छ । भ्यालेन्सियालाई हराएको गेटाफे १९ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।
स्पेनिस ला लिगा अन्तर्गत नै आइतबार राति लेगानेसले भिल्ला रियललाई ३ – १ ले पराजित गरेको छ । यस्तै इबरले पनि स्पानियोललाई ३ – १ ले नै पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed