Breaking News.... EverestOnlineKhabar
April 22, 2026

मंसिर २१ गते बेलुकी ५ बज्ने बित्तिकै प्रत्यक्षतर्फको मतगणना सुरु हुने

Loading

काठमाडौ,मंसिर ।
पहिलो चरणमा मतदान भएका जिल्लामा बिहीबार बेलुकी ५ बजेलगत्तै मतगणना हुने भएको छ । दोस्रो चरणको मतदान सकिएपछि पहिलो चरणमा मतदान भएका जिल्लामा एकैसाथ मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
पहिलो चरणमा मतदान भएका ३२ वटै जिल्लामा मतपेटिका संकलन भैसकेको र मतगणनाको लागि आवश्यक सबै तयारी पूरा भैसक्ने हुनाले मतगणनामा ढिलाई नहुने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।
उनले भनेः‘दोस्रो चरणका केही ठाउँमा बेलुकी ५ बजे मतदान सकिएन भनेपनि पहिलो चरणको चुनाव भएका जिल्लामा ५ बजेलगत्तै मतगणना सुरु गर्न पाइन्छ ।’
दोस्रो चरणमा चुनाव भएका केही जिल्लामा पनि त्यही दिन मतगणना सुरु हुने आयोगले जनाएको छ । स्थानीय तह चुनावको तुलनामा यसपटक मतपत्र छोटो र सरल भएको मतगणना छिटो हुने तथा नतिजा पनि छिटै सकिने आयोगको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed