![]()
एजेन्सी । आजभोलि त सबैको हातहातमा मोबाइल । मोबाइलबाटै मानिसले आफनो जीवन शैली चलाइरहेको हुन्छ । सूचना र समाचारदेखि आपसमा भावना आदानप्रदान, माया प्रेम सबै कुरा मोबाइलमै हुने गरेको छ । मोबाइलबाट स्वास्थ्य सम्बन्धी बिभिन्न टिप्स पनि आउने गरेका छन जसका लागि बिभिन्न एप्स पनि राखिएका छन ।
खासगरी मोबाइलमा देखिएका हेल्थ एप्सहरुले डिप्रेसन, पिम्पललगायत धेरै समस्याहरुबाट मुक्ति दिलाउने दाबी गरिरहेका हुन्छन् । यस्ता एप्स कत्तिको विश्वसनीय हुन्छन् र त्यसको प्रमाण के भन्ने प्रश्न सबैको मनमा उब्जेको हुन्छ ।
साउथ अष्ट्रेलिया युनिभर्सिटीका मोबाइल एप अनुसन्धानकर्ता कारोल मेहर भन्छन, ‘मानिसहरुले मोबाइल हेल्थ एप प्रयोग गर्नु सामान्य केही सिद्धान्त हुन्छ ।’
‘मोबाइलमा हेल्थ एप राख्दा मानिसहरुलाई रोगको बारेमा स्मरण गराउँछ र कम चिन्तित बनाउँछ ।’ उनले भने । चिकित्सकहरुसँग भेटेर आफ्नो समस्या सुनाएर छलफल गर्न यस्ता एप उपयोगी हुन्छन् । एपको माध्यमबाट तत्कालै मानिसहरुले धेरै जानकारी लिन सक्छन् ।
‘तर तपाईँहरुले एप प्रयोग गर्नुभएको छ भने सावधान रहनुपर्छ ।’ मेहरले भने, ‘हेल्थ एपहरुमा ग्लुकोज मनिटर अनुमोदित हुन्छ । त्यो कतिको विश्वसनीय हो थाहा पाउनुपर्छ ।’
हृदयाघात हुन लागेको थाहा पाउने एप पनि छ, जसले हृदयको गतिलाई तत्कालै मापन गर्न सक्छ र हुनसक्ने सम्भावित क्षति रोक्न सक्छ । तर, मोबाइलमा आएका यस्ता एपहरु कम प्रभावकारी र काम गर्ने प्रमाण कम भएको कारण विस्वसनीय हुन भने सकेका छैनन् ।


