Breaking News.... EverestOnlineKhabar
August 13, 2026

घोषणापत्रमै बहुराष्ट्र लेख्ने पार्टी देशद्रोही : ओली

Loading

मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई बहुराष्ट्र भन्ने क्षेत्रीय पार्टी देशद्रोही भएको भन्दै आक्रोश व्यक्त गरेका छन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रद्वारा विराटनगरको पुष्पलालचौकमा आयोजित क्षेत्रीय चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले जनतामा भ्रम फैलाउने क्षेत्रीयस्तरको पार्टीसँग तालमेल गर्ने राष्ट्रियस्तरको पार्टी समेत देशद्रोही भएको आरोप लगाए ।

एउटा शासन व्यवस्था, राजनीतिक प्रणाली तथा सीमा अन्तर्गत रहेको मुलुक बहुजातीय राष्ट्र भएको उल्लेख गर्दै अध्यक्ष ओलीले बहुराष्ट्रको कुरा घोषणापत्रमै उल्लेख गर्ने पार्टीका पक्षमा जनता नलाग्ने कुरामा आफू बिश्वस्त रहेको बताउनुभयो ।

संविधान कार्यान्वयन, राज्यमा जनताको पहुँच, मधेशी, आदिवासी, थारु आदि लगायत जनताको जीवनस्तर उकास्नका लागि वामगठगन्धनको विजय आवश्यक रहेको बताउँदै नेता ओलीले क्षेत्रीयवादी वैमनुष्यता हटाइ राष्ट्रिय एकता कायम राख्न आफनो पार्टी प्रतिबद्ध रहेको धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed