![]()
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्न्यातलाई पक्राउ गरेको छ ।
सीआईबीले ३२ वर्षीय गुण्डा नाइके बस्न्यातलाई पक्राउ गरेको हो । पक्राउपछि प्रहरीले बस्न्यातालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको काठमाडौंको शान्तिनगरमा गोली हानी हत्या गरिएको थियो । लेनदेनको विवादका कारण बस्न्यातले गौचनको हत्या गरेको प्रहरीको दाबी छ । सीआईबीले बस्न्यातको एउटा अडियो पनि सार्वजनिक गरेको छ, जसमा समीरमानले गौचनको हत्या आफ्नो योननामा भएको स्वीकार गरेका छन् ।
यस्तै, युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीका हत्या तथा दावा लामामाथि गोली प्रहारमा समीरमान संलग्न रहेको पनि प्रहरीको दाबी छ ।


