Breaking News.... EverestOnlineKhabar
April 21, 2026

एमाले र माओवादी केन्द्रबीच एकता हुनेमा शंका नगर्न मतदातालाई पूर्व प्रधानमन्त्री एवम एमाले वरिष्ठ नेता खनालको आग्रह  

Loading

इलाम । पूर्व प्रधानमन्त्री एवम एमाले वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण हुँदैन कि भनेर शंका नगर्न मतदातालाई आग्रह गर्नुभएको छ ।

संयुक्त बामगठवन्धनद्वारा इलामको माइनगरपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्दै नेता खनालले चुनाव लगत्तै एमाले र माओवादी केन्द्रबीच एकता हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाईहरुलाई लागेको होला कतै पार्टी एकता हुँदैन कि ? यस्तो लाग्नु स्वभाविक पनि हो, तर म तपाईलाई आश्वस्त पार्न चाहन्छु, पार्टी एकता हुन्छ, कुनै दुविधामा नपर्नूहोस । ’

पार्टी एकीकरण गर्न नै दुइ पार्टीबीच गठवन्धन भएको जनाउँदै नेता खनालले गठवन्धनका उम्मेदवारलाई दिलोज्यान दिएर जिताउन अपिल गर्नुभयो । ‘दुवै पार्टी एक हुने धेरै जनताले कुरा बुझिसकेका छन् तर एउटा समूह यस्तो पनिछ छ, जसले यो गठबन्धनलाई चुनावसम्मको मात्रै सोचिरहेको छ,’ खनालले भन्नुभयो, ‘एमाले–माओवादीको चुनावी घोषणापत्र साझा छ । यो घोषणापत्र भनेको दुवै दलले चुनावपछि गर्ने कामको योजना हो, त्यसैले एमाले र माओवादी चुनावपछि एक दलका रूपमा देखिनेमा शंका नगरे हुन्छ ।’

नेता खनालले अहिले एमालेले गोलाकारभित्रको हँसिया हथौंडा र माओवादीले सूर्य चिह्नमा भोट हाल्नु भनेकै भोलि दुवै दल एक हुनुको संकेत भएको स्पष्ट पार्नुभयो ।

बामगठवन्धनले चुनावमा बहुमत ल्याउने र स्थायी सरकार बनाई मुलुकलाई समृद्धिको मार्गमा लैजाने दावी गर्दै खनालले भन्नुभयो, ‘वाम गठबन्धन देशको समृद्धि र राजनीतिक स्थायित्वका लागि बनेको हो, यो कसैका विरुद्धमा कसैलाई पाखा लगाउन र अत्याउन बनेको होइन, नेपाली नागरिकलाई शान्तिसँग समृद्धि उपभोग गरेर बाँच्ने अवस्थामा पु¥याउन गठबन्धन बनेको हो ।’

पूर्व प्रधानमन्त्री खनालले भन्नुभयो, ‘कांग्रेसले पहिला पनि कम्युनिस्टलाई बूढापाकालाई गोली हान्छ भनेर भ्रम फिँजाउने प्रयास गरेको थियो तर मनमोहन अधिकारीको पालामा वृद्धभत्ता दिने निर्णय भएपछि कांग्रेसको षडयन्त्रबारे जनता छर्लङ्ग भए ।’

जनतामा गलत प्रचार गर्नु दिगो राजनीतिक व्यवहार नहुने भन्दै नेता खनालले अब मुलुक बामपन्थीको योजना अनुसार चल्ने दावी गर्नुभयो ।
सभामा नेता खनालले नेपाली कांग्रेस र संघीय लिम्बुबानका पूर्व इन्चार्ज केरुङ सुब्बासहित डेढसय जनालाई एमालेमा प्रवेश गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed