Breaking News.... EverestOnlineKhabar
June 25, 2026

दिपेन्द्रको लोकप्रियताले काठमाडौं १ कांग्रेसमय, प्रतिनिधि र प्रदेशशभा दुवैमा कांग्रेसको जित सुनिश्चित

Loading

काठमाडौं । काठमाडौ क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ बाट उम्मेदवार रहेका नेपाली कांग्रेसका युवा नेता दिपेन्द्र श्रेष्ठको लोकप्रियता र प्रभावका कारण यो क्षेत्र कांग्रेसमय भएको छ ।

दिपेन्द्रले राजनीतिक, समाजिक, स्वास्थ्य, शिक्षा, पूर्वाधार, खेलकुद, कला, संस्कृति, साहित्य लगायत सबै क्षेत्रमा पु¥याएको योगदानका कारण आसन्न मंसिर २१ गतेको प्रतिनिधि र प्रदेशशभा निर्वाचनका लागि कांग्रेसलाई सहज भएको छ । काठमाडौं १ को विकासका लागि श्रेष्ठले खेलेको भूमिका र उनको मिलनसार स्वभावका कारण कांग्रेसको प्रचार अभियान पनि निकै प्रभावकारी भएको छ । यो क्षेत्रका चर्चित बिद्यार्थी नेता सागर भट्टराई लगायत सयौं युवा युवतीहरुले उनलाई खुलेर साथ दिएका छन । हरेक दिनको घरदैलो अभियानमा यो क्षेत्रका प्रतिनिधिशभा उम्मेदवार प्रकाशमान सिंहले पनि दिपेन्द्रका कारण सहज महसुस गरेका छन । घरदैलो अभियानकाक्रममा नेता सिंहले अक्सर भन्ने गर्छन, ‘दिपेन्द्र ! आइ ह्याभन्ट थाउट, यू आर सो पपुलर हियर । ’

निकै जुझारु नेता श्रेष्ठको पक्षमा जनलहर उर्लिएको पाइन्छ । जता श्रेष्ठ पुग्छन मतदाताले उनलाई निकै माया गर्ने गर्छन । श्रेष्ठले आफनो क्षेत्रका प्रत्येक घरधूरीसंग व्यक्तिगत सम्बन्ध बनाइसकेकाले पनि उनको जित सुनिश्चित देखिन्छ । श्रेष्ठको मात्र होइन प्रतिनिधिशभातर्फ नेता सिंह र प्रदेश ख मा सुरजचन्द्र लामिछानेको जित पनि निश्चित भैसकेको छ । अब मंसिर २१ गते मतदान भएर परिणाम घोषणा गर्ने प्राविधिक काम मात्र बाँकी रहेको छ ।

श्रेष्ठको जित प्राविधिक रुपमा मात्र बाँकी रहेको स्वयम् श्रेष्ठका प्रतिष्पर्धी उम्मेद्वारहरुले समेत स्वीकार गर्न थालेका छन् ।
युवा तथा प्रभावशाली नेता श्रेष्ठ उम्मेद्वारको रुपमा क्षेत्रिय समितिबाट सिफारिस भएदेखि नै निकै चर्चित थिए । उम्मेद्वार बन्ने निश्चित भएपछि श्रेष्ठको चर्चा झन् चुलिएको थियो । युवा, बौद्धिक छवि र स्थानीय माझ भिजेका कारण केन्द्रीय नेताहरुले समेत उनलाई निकै महत्व दिने गरेका छन । निर्वाचनको क्रममा उनले प्रस्तुत गरेका एजेण्डा र बिगतमा गरेका कामगले उनीप्रति आममतदातको आर्कषण झन चुलिएको छ ।

श्रेष्ठले यस क्षेत्रको भौगोलिक, सामाजिक, धार्मिकका साथै बिपन्न र न्यून आय भएका जन समुदायलाई एक घर एक रोजगारको नारा ल्याएका छन । श्रेष्ठको यो नारा र संकल्पले यस क्षेत्रका मतदाता र जनता अनपेक्षित रुपले श्रेष्ठको पक्षमा देखिएका छन् ।
सत्यवादी युवाका रुपमा समेत परिचित श्रेष्ठले सरकारी जग्गा हडपेर बसेका भु–माफियाबाट जग्गा फिर्ता लिन सफल भएका छन् । उनको साहसिक कामले पनि उनी यस क्षेत्रका जनताको ढुकढुकी बनेका छन । श्रेष्ठले खाली जग्गालाई सामुदायिक हितमा प्रयोग गर्ने, सामुदायिक भवन र आवश्यकता हेरि पार्क निर्माण कार्यलाई प्राथमिकतामा राखेका छन ।

विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा आएका चर्चित युवा नेता श्रेष्ठले विद्यार्थीका समस्यालाई पनि उत्तिकै प्राथमिकतामा राखेका छन् । उनले विद्यार्थीहरुमा पढाईको मात्र समस्या नभई आर्थिक र सामाजिक समस्या पनि हुने भएकाले त्यसको समाधानका लागि स्पष्ट योजना बनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed