Breaking News.... EverestOnlineKhabar
June 25, 2026

क्रिकेटर जाहिर खानको रिसेप्सनमा बिराट कोहली र अनुष्काको ठुम्का (भिडियोसहित )

Loading

एजेन्सी । क्रिकेटर जाहिर खान र सगारिका गाट्जको वेडिङ रिसेप्सनमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्मा छमछमी नाचेका छन ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका विराट र अनुष्काले जाहिरको रिसेप्सनमा दिल खोलेर नाचेका हुन । वेडिङ रिसेप्सनमा विराट ग्रे सुट तथा अनुष्का ग्रे एण्ड शिल्भर मिश्रित लेहेङगामा उपस्थित थिए । कोहली र अनुष्काको डान्सले सबैलाई आकर्षित गरेको थियो ।

वेडिङ रिसेप्सनमा विराटसँगै मास्टर ब्लास्टर सचिन तेन्दुलकर, राहुल द्रविड, अजित अग्राकार, विरेन्द्र सेहवाग, सानिया मिर्जा, आशिष नेहरा, युवराज सिंह लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed