![]()
स्याङ्जा । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका लोकतन्त्र कायमै राख्ने वा एकदलीय तानाशाहसहितको कम्युनिष्ट व्यवस्था रोज्ने अधिकार जनताको भएको बताउनु भएको छ ।
स्याङ्जामा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अबको निर्वाचनले मुलुकको भविश्य निर्धारण गर्ने भएकाले सोचबिचार गरेर मात्र आफनो मत दिन उहाँले आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘प्रजातन्त्र ल्याएर जनतालाई मालिक बनाउने कांग्रेस रोज्ने कि कम्युनिष्ट दमनको शासनमा अधिकारविहीन हुने ?’’ उहाँले कम्युनिष्ट लशासन आए बोल्न–लेख्न नपाइने र आफुमाथि अन्याय हुँदा पनि अन्याय भयो भनेर समेत भन्न नपाइने जिकीर गर्नुभयो ।
डर–त्रास र आतंकमा पिल्सिने शासन नरोज्न आग्रह गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई जिताउन सवै लोकतन्त्र पक्षधर एक हुनु पर्नेमा जोड दिनुभयो ।
उनले २००७ सालमा तानाशाही राणा शासन हटाएको, पञ्चायती व्यवस्था फालेर प्रतातन्त्र पुनः फर्काएको स्मरण गर्दै प्रधानमन्त्री देउवाले तत्कालिन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएपछि कांग्रेसकै नेतृत्वमा सुरु भएको आन्दोलनले मुलुकमा गणतन्त्र स्थापना भएको स्पष्ट पार्नुभयो ।


