![]()
ललितपुर । बामगठवन्धनद्वारा आयोजित ललितपुरको आमसभा नजिकै बिष्फोट भएको छ । मंसिर २१ गतेको प्रतिनिधि र प्रदेशशभा निर्वाचनलाई लक्षित गरी आयोजित सभा सुरु भएकाबेला बिष्फोट भएको हो ।
लगनखेलमा आयोजित सभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी ओली मञ्चमा उक्लिनेबित्तिकै विष्फोटको आवाज आएको थियो । विष्फोटपछि सभामा केहीबेर तनाव उत्पन्न भए पनि केही बेरमा स्थिति सामान्य भएको थियो ।
आमसभाका उद्घोषकले टायर पड्किएको भने पनि आवाज निकै ठूलो थियो । कसैले सभा बिथोल्न बिष्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ । बिष्फोट लगत्तै सुरक्षाकर्मी अनुसन्धानमा खटिएका छन ।
बिष्फोटलाई बेवास्ता गर्दै अध्यक्ष ओलीले सभालाई सम्बोधन गर्नुभयो । उहाँले भन्नुभयो, ‘बम पड्किरहन्छ, हामी अगाडि बढ्नु पर्छ । ’
अध्यक्ष ओलीले कसैले तर्साएर आफूहरु नतर्सिने बताउँदै राजनीतिक स्थिरता, मुलुकको समृद्धि र सुखद भविश्यका लागि बामगठवन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।


