Breaking News.... EverestOnlineKhabar
October 1, 2026

पाकिस्तानमा कानून मन्त्रीले राजीनामा दिएपछि हिंसात्मक प्रदर्शन रोकियो

Loading

एजेन्सी । पाकिस्तानको कानूनमन्त्री जहिद हमिदले पदबाट राजीनामा दिएपछि हिंसात्मक प्रदर्शन रोकिएको छ । इस्लामिक कट्टरपन्थी प्रदर्शनकारीहरुले लगातार हिंसात्मक प्रर्दशन गरेपछि उनले राजीनामा गरेका हुन ।

पाकिस्तानको राजधानी इस्लामाबादमा इस्लामिस्ट प्रदर्शनकारी र सुरक्षाबलबीच गत एक हप्तादेखि हिंसात्मक प्रर्दशन जारी रहेको थियो ।
देशलाई द्वन्द्वबाट बाहिर निकाल्नको लागि हमिदले आफ्नो राजीनामा पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासीसमक्ष दिएका थिए । राजीनामाको विषयमा विस्तृत विवरण भने दिइएको छैन् ।

इशको निन्दा गरेको आरोप लगाउँदै इस्लामिक कट्टरपन्धी संगठनले एक हप्ताभन्दा बढी समययता हमिदको राजीनामाको माग गर्दै प्रदर्शन गर्दै आएका थिए । हमिदको राजीनामापछि ११ दिनसम्म जारी रहेको हिंसात्मक प्रदर्शन बन्द भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed