![]()
एजेन्सी । आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको तेस्रो स्थानको लागि भएको प्ले अफमा नेपालले हङकङलाई ३६ रनले पराजित गरेको छ । हङकङमाथिको जितसँगै नेपालले तेस्रो स्थानमा रहेको छ ।
नेपालले दिएको ९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरेको हङकङले १९ ओभर ५ बलमा अलआउट हुँदै ५८ रन मात्र बनाउन सक्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर ९४ रन बनाएको थियो । हङकङविरुद्ध खराब सुरुवात गरेपनि मध्यक्रमको ब्याट्वुमन टिकेर खेलेपछि नेपालले सम्मान जनक स्कोर बनाएको थियो ।
नेपालले मात्र ७ रन जोड्दा ओपनर सिता राना मगर ३ तथा ज्योति पाण्डे २ रनमा गुमाएको थियो । तर, क्रिजमा टिकेर खेलेकी नेरी थापाले ३८ रन जोड्दै नेपालको पारी उकासेकी थिइन् । यस्तै कप्तान रुविना क्षेत्री १५ तथा करुणा भण्डारी १४ रनमा अविजित रहिन् । त्यसबाहेक नेपालकी काजोल श्रेष्ठ १२ रन बनाएर पेभेलियन फर्किदा रिता कुमारी कनौजिया पनि २ रनमा आउट भईन् ।
एसिया छनोटबाट ग्लोबल छनोटमा पुग्न असफल नेपालले तेस्रो स्थानको लागि भएको प्ले अफमा हङकङसँग प्रतिस्पर्धा गरेको हो ।


