Breaking News.... EverestOnlineKhabar
June 26, 2026

बेलायत जान पाउँ भन्दै अदालतसमक्ष सरिफको याचना

Loading

पाकिस्तान । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले बेलायतको अस्पतालमा क्यान्सरको उपचार गराइरहेकी पत्नीलाई भेटन जान पाउँ भन्दै विशेष अदालतसँग अनुमति मागेका छन् । उनले पत्नीको उपचारमा जानका लागि आफूमाथिको भ्रष्टाचार आरोपको सुनुवाइमा अनुपस्थित रहन छुट दिन अनुमति मागेका हुन् ।

सरिफकी पत्नी कुलसुमलाई क्यान्सर देखिएपछि केही समयदेखि बेलायतमा उपचार गराइरहेकी छन् । सरिफका वकिलले राजधानी इस्लामाबादस्थित विशेष अदालतमा भ्रष्टाचार मुद्दाको सुनुवाइमा पूर्वप्रधानमन्त्री सरिफलाई बेलायत जाने अनुमतिका लागि गरेको अनुरोध न्यायाधीश मोहम्मद बसिरले सुनेको तर यसबारे कुनै निर्णय नदिएको बताइएको छ । सरिफले विदेश जाने अनुमति पाउन गरेको आग्रहलाई नोभेम्बर २८ सम्मका लागि अदालतले स्थगित गरेको सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर अमेरिकी राष्ट्र पनामाको एउटा कानूनी फर्ममार्फत चुहिएको सूचनाका आधारमा सरिफ, उनकी छोरी र ज्वाइँलाई पदीय मर्यादाविपरित विदेशमा अवैध लगानी गरेको भ्रष्टाचार आरोप लागेको थियो । भ्रष्टाचार आरोपपछि पाकिस्तानको अदालतले प्रधानमन्त्रीका लागि अयोग्य ठहर गरेपछि सरिफले पद छाडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed